काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले पहिलो जित निकालेको छ । पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गर्दै त्रिकोणात्मक सिरिजमा पहिलो जित दर्ता गरेको हो ।
सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टाउन सफल बन्यो । नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट हुँदा स्कोर ९ रन मात्र थियो ।
दोस्रो विकेटका लागि आरिफ शेखसँग १ सय ४५ रनको शाझेदारी गरेका पारस खड्काले मात्र ४९ बलमा शतक पुरा गर्नुभएको थियो । उहाँ १०६ रनमा अविजित रहँदा आरिफ ३९ रनमा अविजित रहनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया