बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित बार्सिलोनाले गेटाफेलाई २-० ले पराजित गरेको हो ।

कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाका लागि लुइस स्वारेज र जुनियर फिर्पोले समान एक एक गोल गरे । चोटका कारण मेस्सी गेटाफेविरुद्ध मैदान उत्रेका थिएनन् ।

तर, खेलको ४१ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ४९ औं मिनेटमा फिर्पोले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

तस्वीर गूगल

यस्तै खेलको ८२ औं मिनेटमा क्लेमेन्ट लेन्ग्लेटले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै वार्सिलोना लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । बार्सिलोनाले ७ खेलबाट १३ अंक जोडेको छ ।

पराजित गेटाफे ७ अंक जोडेर ११ औं स्थानमा छ ।

ला लिगा अन्तर्गत नै अर्को खेलमा भ्यालेन्सियाले एथ्लेटिको बिल्बाओलाई १-० ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?