कति भित्रिँदै छन् दशैँका लागि काठमाडौंमा खसीबोका ? धान्ला त माग ?

काठमाडौं । घटस्थापनादेखि औपचारीक रुपमा दशैँ सुरु भएको छ । दशैं सुरु भएसँगै राजधानी शहर काठमाडौंमा खसि बोका तथा च्याङ्ग्राहरु भित्रिन थालेका छन् । अन्य समयमा भन्दा दशैंको समयमा मासु बढि खपत हुन्छ । त्यसैले दशैंको समयमा उपत्यकामा मात्र ६० हजार खसी बोका तथा च्याङ्ग्रा आवश्यक पर्ने अनुमान छ ।
व्यवसायीहरुका अनुसार प्रत्येक वर्ष करिब ५० हजार खसीबोका तथा करिव १० हजार च्याङग्रा गरि ६० हजारसम्म खपत हुन्छ ।
अघिल्ला दशैंका लागी भारतबाट कुल खपतको ७५ देखी ८० प्रतिशत सम्म खसीबोका काठमाडौं भित्रिने गरेको थियो । भने करिब २० प्रतिशत चौपाया मात्रै आन्तरिक उत्पादन बाट हुने गरेको थियो ।
तर यस वर्ष सरकारले भारतबाट आउने खसीबोकामा प्रतिबन्ध लगाएको छ । भारतिय खसीबोकामा प्रतिबन्ध लगाएसँगै देशका हिमाली तथा तराइ क्षेत्रबाट खसी बोका आउँछन । भने चिनबाट भेडा तथा च्याङ्ग्रा भित्रिन थालेका छन् । त्यहि कारणले गर्दा स्थानीय उत्पादनले नपुग्ने र मुल्य बृद्दि हुनेपनि अनुमान लगाउन सकिन्छ ।

अहिले प्रतिवन्ध भएपनि भारतबाट गैरकानुनी रुपमा खसी बोका आइरहेको छ। विगतमा वैधानिक रुपमा दैनिक रुपमा तीन सय हाराहारीमा खसीबोका नेपाल भित्रिन्थ्यो। भने अहिले अवैधानिक रुपमा सात सय खसी बोका नेपाल भित्रिएको अनुमान छ।
भूकम्प गएसँगै चिनियाँ नाका बन्द भयो । त्यो भन्दा पहिले मुस्ताङ र मनाङ लगायतका जिल्लाबाट भेडा र च्याङग्रा काठमाडौं आउने गरेका थिए। महँगो मूल्यमा बिक्री गर्न पाइने भएकाले त्यहाँका व्यवसायीले धेरै भेडारच्याङग्रा काठमाडौंमै ल्याउँथे। त्यो बेलामा मुस्ताङ र मनाङका नजिकका जिल्लामा भेडा र च्याङग्रा किन्न पाउने अवस्था थिएन्।तर अहिले तातोपानी र केरुङ नाका खला रहेकाले चिनियाँ च्याङग्रा काठमाडौं आउने भएका छन्। तातोपानी नाकाबाट च्याङग्रा ल्याउन व्यवसायी त्यसतर्फ लागेका छन् ।
सरकारले औपचारीक रुपमा घोषणा नगरेपनि खसि बोकाको आयातमा कडाई भएपछि यस पटकको दशै तिहारमा मासुको मुल्य बढ्ने निश्चित भएको छ । व्यवसायीहरुका अनुसार यस पटकको दशैमा खसिको मासु १५ सय नाध्ने देखिएको छ । साथै जिउदो बोकाको मुल्य आठ सय र तयारी मासुको मुल्य प्रतिकेजि १५ सय रुपैयाँ पुग्ने संघको अनुमान रहेको छ ।

यसरी मुल्य बढ्ने देखिएपछि सरकार भने भारतबाट आयात गरिने खसि बोकामा कुनै कडाई नगरेको बताउदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?