दशैँ : २४ घण्टामै १ लाखभन्दा बढी यात्रुले उपत्यका छाडे

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँ आजबाट सुरु भएको छ । दशैँ सुरु भएसँगै काठमाडौंबाट बाहिरिनेको यात्रुको संख्या बढेको छ ।

गएको २४ घण्टामा नागढुंगा, भक्तपुर, मुड्खु र फर्पिङ नाका हुँदै १ लाख १२ हजार ६ सय ८१ जना यात्रु काठमाडौबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । २४ घण्टामा ६२ हजार ७ सय १३ जना काठमाडौं भित्रिएका छन् ।

सबैभन्दा धेरै नागढुंगा नाकाबाट ३८ हजार १ सय ६८ जनाले काठमाडौं छाडेका छन् भने ३५ हजार ३ सय ४० जना काठमाडौं भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?