नायिका प्रियंका कार्कीले मागिन् ११ करोड, तर को सित

काठमाडौं, २४ पुस । विगत केहि वर्ष यता महिनै पिच्छे नायिका प्रियंका कार्की अभिनित फिल्मका पोष्टरहरु विभिन्न ठाउँका भित्ताहरुमा टाँसिदै आइरहेका छन् । कति चलचित्रहरु त उनलाई हलमा लागेको समेत थाहा हुँदैन भने कहिले प्रियंकालाई ठूलै राहत पनि दिएका छन् हालैमात्र चलचित्र ‘लिलिबिली’को छायांकन सकाएकी उनको नयाँ चलचित्र बटरफ्लाई यही हप्ताको शुक्रवारबाट प्रदर्शनमा आउँदैछ उनी आफूले पहिलो पटक साधारण लभस्टोरी फिल्ममा काम गरेको बताउँछिन् प्रियंकाले भनिन्, मैले धेरै फिल्ममा फरक–फरक भूमिका निर्वाहा गरेको छु । बटरफ्लाई पनि विल्कुलै फरक छ । मलाई रहर पनि थियो एउटा साधारण लभस्टोरी फिल्ममा काम गर्ने त्यो बटफ्लाईबाट पूरा भएको छ । फिल्म हेरेर दर्शकले मनोरञ्जन गर्नेछन् । यस्तै, उनले पटक–पटक पर्दामा आइरहनुको विषयमा पनि आफ्नो भनाइ राखिन् मैले सबै फिल्म नियम अनुसार नै गरिरहेको हुन्छु । तर, रिलिज भने लगातार जस्तो नै हुन्छ । मेरो चलचित्र लगातार हलमा आइरहनुको कारण म होइनँ । प्रियंकाले भनिन्, उनी अगाडि थप्दिै भनिन्, पछि लागेर मैले चलचित्र गरिरहेको पनि छैन । यदी कसैले ११ करोड दिन्छ भने म वर्षमा एउटा मात्र चलचित्र गर्न तयार छु चलचित्रको पब्लिसिटीमा मज्जैले हिँड्छु । तर, बलिउड जस्तो हाम्रो बजार ठूलो छैन । अझै धेरै वर्ष लाग्छ एउटा नेपाली कलाकारले ११ करोड पारिश्रमिक लिने दिन आउन । उनले आजसम्म आफूले गरेको चलचित्रबाट पाएको पारिश्रमिकबाट खुसी रहेको पनि बताइन् । पैसाभन्दा पनि चलचित्रमा आफ्नो भूमिका कति सशक्त छ भन्ने कुरा महत्वपूर्ण हो, प्रियंका भन्छिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?