ज्ञानेन्द्र शाहीमाथि कुटपीट प्रकरण : रञ्जु दर्शनाले लेखिन् यस्तो स्टाटस !

काठमाडौं । ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा कुटपिट भएको घटनाप्रति खेद व्यक्त गर्दै विवेकशिल नेपाली दलकी नेतृ रञ्जु दर्शनाले खेद प्रकट गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्नुभएको छ ।

एक कार्यक्रमका लागि चितवन पुग्नुभएका बेला शाहीलाई निर्घात कुटपिट भएपछि प्रहरीले उद्धार गरी काठमाडौँ पठाएको थियो । यो घटनालाई लिएर सामाजिक सञ्जालमा निकै खैलाबैला भएको छ ।
यसैबिच नेतृ रञ्जु दर्शनाले आक्रमण गर्ने गर्न खोज्नेले बुझ्न जरूरी छ की मैदानमा विचार लिएर उत्रनेहरुलाई कुटपिट गर्न थाल्दा मानिसको शरीरमा त चोट लाग्ला तर विचार झन बलियो हुन्छ। उहाँले बलिदान फिल्मको गीत स्मरण गर्दै थप्नुभएको छ ।

एउटा मरेर जान्छ हामी हजार हुन्छौं
एउटा कुटाई खान्छ हामी हजार जुट्छौं

सरकारले अभियन्ता ज्ञानेन्द्र शाही माथि भएको कुटपिटको विलम्ब नगरी छानबीन सुरु गरिहाल्नु पर्छ। सबैको औंला सत्ताधारी पार्टि माथि नै छ१
दोषी माथि कारबाही, लोकतन्त्रको पुष्ट्याइं !!

खास भएको के थियो ?
‘नेपालका लागि नेपाली’ अभियानले कार्यक्रम राखेको थियो ।
आयोजित सो कार्यक्रम चितवनको चौबिसकोटीमा हुने तय थियो । कार्यक्रममा खबरदारी सभा गरीने भनिएको थियो । तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथाल्न थालेपछि उनीमाथि ति समुह जाईलागेका हुन् । शाहीमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी
(नेकपा) सम्वद्ध विद्यार्थीहरुले कुटपीट गरेका हुन् । चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको बुझिएको छ ।

प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?