सोल, २४ पुस । पूर्वी चीन सागरमा एउटा मालवाहक पानीजहाज ठक्कर खाएको अर्को इन्धन बोकेको विशाल पानीजहाज विस्फोटको खतरा बढेको छ पानीजहाज ठोक्किएको दुई दिन पुग्दा तेलको चुहावटका कारण वातावरणीय विपद् निम्तिएको आशंका गरिएको छ । झण्डै १० लाख ब्यारल तेल लिएर सान्ची नामक सो इरानी पानीजहाज दक्षिण कोरियातर्फ गइरहेको थियो सो पानीजहाजमा रहेका चालक दलका सदस्यसहित ३२ जनाको खोजी कार्य खराब मौसम र कालो धुवाँको मुस्लोका कारण प्रभावित भएको छ । हराइरहेकामध्ये ३० जना इरानी र दुईजना बंगलादेशी नागरिक रहेको बताइएको छ शनिबार सांघाईबाट १ सय ६० नोटिकल माइल पूर्वमा सो दुर्घटना भएको थियो अहिलेसम्म चुहिएको तेलको मात्रा र त्यसले वातावरणमा पारिरहेको असरबारे स्पष्ट भइसकेको छैन । यद्यपि सोमबार बिहानसम्म सो पानीजहाजमा आगलागी भइरहेको छ ‘कण्डेन्सेट’ भनिने एक प्रकारको कच्चा तेल सो पानीजहाजले बोकेको र त्यसको चुहावट नियमित कच्चा इन्धनभन्दा वातावरणका लागि खतरनाक हुने बताइएको छ यो सन् १९९१ यताकै सबैभन्दा खराब प्रकृतिको दुर्घटना हुन सक्ने ठानिएको छ । इन्धन बोकेको सो पानीजहाजसँग ठोक्किएको अर्को पानीजहाजका चालक दलका २१ सदस्यको उद्धार गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया