चिनियाँ लगानी फिर्ता गर्दै हिमालय एयरलाइन्स : चिनको लगानी भएकाले भारतले उडान अनुमति दिएन

काठमाडौं । हिमालय एयरलाइन्सले अब विदेशी लगानी फिर्ता गर्ने भएको छ । अन्तराष्ट्रिय क्षेत्रमा उडान भर्दै आएको उक्त एयरलाइन्सले काठमाडौंबाट युयईको दुबई र आबुधावी, साउदीको दमाम, कतारको दोहा, मलेसिसयाको क्वालालम्पुर र बंगलादेशको ढाकामा उडान गरिरहेको छ। साथै सन् २०१४ अगस्टमा स्थापना भएको हो ।

नेपालको यति वर्ल्डसँगको सहकार्यमा खुलेको हिमालय एयरलायन्सबाट चिनियाँ लगानी फिर्ता हुने प्रक्रिया सुरु भएको स्रोतले जानकारी दिएको छ ।

हिमालयमा चीनको तीब्बत एयरलाइन्सको ४९ प्रतशत लगानी रहेको थियो। ४९ प्रतिशत लगानी साझेदार भएको तिब्बत एयरलाइन्स फिर्ता हुने करिब निश्चित भएपछि लगानी फिर्ता गर्ने प्रक्रिया सुरुवात भइसकेको कुरा एक उच्च स्रोतले जनाएको छ ।

यही वर्ष जहाज थप गरी चीको बेइजिङ, नाङचाङ, चोङकिङ, चाङ्सा, गुइयाङ लगायतका सहरमा पनि उडान विस्तार गर्ने लक्ष्य लिएको एयरलाइन्सको लगानीकर्ताबाट तिब्बत एयरलाइन्स भने बाहिरिएको छ। चिनियाँ लगानी भएकै कारण भारतले उडान अनुमति दिन आनाकानी गर्दै आएको थियो। कागजी रुपमा नेपाली साझेदार भएपछि बहुमत स्वामित्व चिनियाँ पक्षको भएको भन्दै भारतीय अधिकारीहरुले हिमालयलाई नयाँ दिल्ली उडान अनुमति दिएका थिएनन् ।

८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी जहाज भएको एयराइन्सले एउटा जहाज भने भाडामा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?