राखिने, २४ पुस । म्यानमारको अल्पसंख्यक रोहिंग्या मुस्लिम बहुल क्षेत्रको विद्रोही समूहले सरकारविरूद्धको लडाई जारी राख्ने जनाएको छ ।गत वर्ष सन् २०१७ अगस्ट २५ मा आराकान सालभेशन रोहिंग्या आर्मी (आर्सा) ले सेनामाथि आक्रमण गरेर ३० जनाको हत्या गरेपछि म्यानमारको राखिने राज्यमा सेनाले हिंसा मच्चाएको थियो सो हिंसाका कारण कम्तीमा ६ लाख २० हजार रोहिंज्या मुस्लिमहरू भागेर बंगलादेश पुगेका छन् भने केही भारत हुँदै नेपालसम्म आएका छन् गत शुक्रवार राखिने प्रान्तमा सेनाको ट्रकमाथि आफूले आक्रमण गरेको आर्साले दावी गरेको छ । सो घटनामा तीनजना घाइते भएका थिए म्यानमार सरकारले आर्सालाई उग्रवादी समूहको रूपमा हेर्दै आएको छ । तर सो समूहले अल्पसंख्यक रोहिंग्या मुस्लिमको अधिकारका लागि संघर्षमा उत्रनुपरेको बताँदै आएको छ आर्सा रोहिंग्या समुदायले अनकौं समस्याबाट गुज्रनुपरेको उत्तरी म्यानमारमा सक्रिय रहँदै आएको छ । म्यानमार सरकारले अल्पसंख्यक रोहिंग्या मुस्लिमहरूलाई आफ्नो देशको नागरिक मान्न अस्वीकार गर्दै बंगलादेशबाट आएका अवैध आप्रवासी मान्ने गरेको छ राखिने प्रान्तमा जातीय समूहबीच हिंसा हुँदै आए पनि गत वर्ष सशस्त्र समूहको जन्म भएको थियो । आर्साले सुरक्षाकर्मीमाथि कैयौँ पटक हमला गरेको बताइन्छ गत अगष्ट २५ मा आर्सा विद्रोहीको आक्रमणमा ३० जना प्रहरी मारिएका थिए भने सेनाको चौकी ध्वस्त भएको थियो संयुक्त राष्ट्र संघले म्यानमारको सेनाले अल्पसंख्यक रोहिंग्या मुस्लिमविरूद्ध ‘जातीय सफाया’ गरेको बताउँदै आएको छ भने म्यानमार सरकारले त्यसको खण्डन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया