यूएई र नेपालबीच हवाई सम्झौता : भट्टराई र सइदले गरे हस्ताक्षर

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) र नेपालबीच हवाई सम्झौता भएको छ । यसअघि नै दुई मुलुकबीच प्रारम्भिक द्विपक्षीय हवाई सेवा सम्झौता भने भइसकेको थियो । सम्झौतामा नेपालका तर्फबाट पर्यटन मन्त्री योगेश भट्टराई र यूएईएका तर्फबाट यूएईका अर्थमन्त्री सुल्तान विन सइदले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता क्यानडामा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सम्मेलनका दौरानमा भएको हो । शनिबार भएको उक्त सम्झौताले वायुयान सञ्चालनका क्रममा प्रदान गरिने सेवा सुविधा प्राप्तिमा सहज हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिनुभयो ।

दुई देशबीच कुनै विवाद भएमा त्यसको समाधानका लागि पनि सम्झौता सहयोगी हुने आचार्यको मत रहेको छ । साथै अब भन्सार सहुलियत, आयकर उपयोग शुल्क सहज हुने आचार्यले बताउनुभयो । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?