आज बडादशैँको दोश्रो दिन: माता ब्रम्हचारिणीको पूजा तथा आराधना गरिँदै

देवी भगवतीको पूजा आराधाना गरिदै

काठमाडौं । हिन्दु धर्मालम्बी नेपालीहरुको महान चाड बडादशैँ को दोस्रो दिन आज विभिन्न शक्तिपिठहरुमा पूजा आजा गरिँदैछ ।
दशैँको दोश्रो दिन आज (सोमबार) माता ब्रम्हचारिणीको पूजा तथा आराधना गरिदैंछ ।
घटस्थापनाको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । यसअघि हिजो अर्थात् दशैँको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरियो भने आज देवी भगवतीको पूजा आराधाना गरिदै देशभर धुमधाम साथ मनाइँदै छ । दशैको नवदूर्गा दोस्रोदिन ब्रह्मचारिणीको पूजन गर्ने गरिन्छ । यिनले तपको आचरण गर्ने भएका कारण ब्रह्चारिणी भनिएको हो । पूर्वकालमा फल–फूल पात खाएर घोर तपश्या गरेर शिव भगवान लाई पतिरुपमा वरण गरेकी थिइन् ।
ब्रह्चारिणी सक्तिको पूजाले तेज, ब्रह्मज्ञान, सत्चरित्रको वरदान तथा जल तत्वको सन्तुलन शरीरमा हुने भएका कारण रक्त सम्बन्धी बिकार पैदा नहुने कुराको वर्णन पाईन्छ । पूजा पछि चीनी मिश्री र पञ्चामृत प्रशाद चढाउँनाले तथा दान गर्नाले दिर्घायु हुने मानिन्छ ।

पूजाआजका लागि विहानैदेखि नजिकका शक्तिपिठहरुमा भक्तजनहरुको भीड लागेको छ ।
बिभिन्न नदी, ताल तलाउमा गई नुहाएर पुजाआजा गर्ने भक्तजनहरुको घुईचो लागेको छ । बिभिन्न ठाउँमा रहेका विभिन्न देवी देवता तथा शक्तिपिठहरुका मन्दिरमा गई पुजाआजा गरिदै छ ।
नवरात्रको अवधि भर बिभिन्न देवी देउता र शक्तिपिठहरुमा एक चित्त र एकाग्र गरि ब्रत बस्ने प्रचलन पनि छ । नवरात्रमा ब्रत बस्नाले सोचेको मनोकामना पुरा हूने र मागेको कुरा पुरा हुने जनविश्वास छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?