काठमाडौं । यसै पनि मान्छेको भीड हुने ठाउँ हो काठमाडौँको असन र इन्द्रचोक क्षेत्र । इन्द्रचोक, असन, बसन्तपुर क्षेत्रमा दशैँको रौनकले मान्छेको बाक्लो चहलपहल बनाइदिएको छ ।
दशैँको रौनकले छोएसँगै अहिले भने यो क्षेत्रमा पसलमा पनि ठेलमठेल भीड छ । खासगरी असन, इन्द्रचोक, महाबौद्ध, न्यूरोड लगायतका क्षेत्रमा दशैँको अवसरमा सामान किन्ने सर्वसाधारणको भीड लागेको छ ।
हिन्दु नेपालीहरुको महान चाड विजयादशमी शुरु भएसँगै सर्वसाधारणको चाप झन् बाक्लिँदै गएको छ । दशैँमा लगाइएका अफर र सपिङ मलहरुमा बाक्लो चाप देखिएसँगै व्यापारीहरु पनि भ्याईनभ भ्याईनभ्याई भएको छ ।
इन्द्रचोक असन, बसन्तपुर क्षेत्रमा लुगा पसल राख्दै आएका व्यापारीहरुलाई बोल्ने फुर्सद समेत छैन । खासगरी बालबच्चालाई दशैँमा नयाँ कपडा लगाइदिने प्रचलन र दशैँको उल्लासले निम्नवर्गीय परिवारलाई पनि उत्तिकै छुने भएकाले यतिबेला कपडा किन्न आउनेको सङ्ख्या धेरै भएको व्यापारीहरु बताउँछन् ।
तस्वीरमा हेर्नुहोस् असन इन्द्रचोक क्षेत्रमा देखिएको चहलपहल :
तस्वीर : बिप्लव जमकटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया