नेपाल इन्भेष्टमेन्ट बैंकले शुरु गर्यो ‘पेमेन्ट गेटवे’ सेवा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नै अनलाईन विद्युतीय भूक्तानी सेवा प्रणाली ‘पेमेन्ट गेटवे’ सेवा सुचारु गरेको छ । अन्य भन्दा यो सेवा सुरक्षित भएको बैकले जनाएको छ । डेबिड/क्रेडिट भिसा कार्ड वाहक ग्राहकहरूलाई अनलाइन कारोबारको सुविधा दिन आफ्नै पेमेन्ट गेटवे सुरु गरेको पनि बैंकले जानकारी दिएको छ।

‘यो प्रणालीबाट व्यापारिहरूले विश्वभरि नै आफ्ना वस्तु तथा सेवा बिक्री गर्नसक्छन् भने कार्डवाहकहरूले इकर्मश साइटबाट सातै दिन चौबीसै घण्टा सेवा सुरक्षित रुपमा अनलाइनबाट वस्तु तथा सेवा किनमेल गर्न सक्छन’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रणाली सुरु गरेको अवसरमा छानिएका बिक्रेताहरूमा लागू हुने गरी अनलाइन कारोबारमा २५ प्रतिशतसम्म नगद फिर्ता (क्यास ब्याक) अफर बैंकले घोषणा गरेको छ ।

व्यापारिक भुक्तानी पोर्टल (वेबसाइट आदि), प्राप्तिकर्ता बैंक, भिसाजस्ता कार्ड विनियम प्रणाली र जारीकर्ता बैंकबीच कारोबार भएकै समय(रियल टाइम)मा यसबाट भुक्तानी हुने छ ।

उच्च सुरक्षित इन्क्रिप्सन र अन्य बहुआयामिक सुरक्षा विधिहरूबाट कारोबारका डाटाहरू सुरक्षित बनाइएको बैंकले जानकारी दिएको छ। यस भन्दा अघि नै पेमेन्ट गेटवे सिस्टम ल्याइएको थियो । तर अन्य नीजि क्षेत्रका बिद्युतिय कारोबारका माध्ययमका दबदबाका कारण सरकारले सञ्चालनमा ल्याएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?