फलेवास, पर्वत, २४ पुस – छ सय ४९ जना भूकम्पपीडितले अहिलेसम्म पनि पहिलो किस्ताको अनुदान रकम लिन आएका छैनन् भूकम्पबाट पर्वतमा पाँच हजार २६९ घर पूर्ण क्षति भएका थिए । तीमध्ये हालसम्म चार हजार ५९९ जनाले सम्झौता गरेर पहिलो किस्ताको रकमबापत रु ५० हजार लगिसकेको जिल्ला समन्वय समिति पर्वतले जनाएको छ । बाँकी ६४९ जना सम्झौता गर्नसमेत आएका छैनन् पर्वतमा दोस्रो किस्ता अहिलेसम्म पनि वितरण हुन सकेको छैन । पुनःनिर्माणका लागि प्राविधिकहरु नआउँदा लाभग्राहीले घर बनाउनसमेत पाएका छैनन् भने बनाइसकेकाको पनि अनुगमन र भूकम्प प्रतिरोधी छ या छैन भनेर परीक्षण नगरिँदा दोस्रो किस्ता वितरण हुन नसकेको जिल्ला समन्वय समितिका सूचना अधिकृत तुलसीराम शर्माले जानकारी दिए उनले भूकम्पपीडितका लागि हालसम्म पर्वतमा रु २३ करोड १० लाख वितरण भइसकेको छ, थप २१ जनाका लागि रु १० लाख ५० हजार भुक्तानी गर्न सिफारिस गरिएको छ भन्दै कतिपयको नाम परिवर्तन भए/नभएको, अर्काको जग्गामा बसोबास गरेका, दुई घर भएकाको पहिचान गर्न कठिनाइ भएकाले पनि पुनःनिर्माणमा समस्या देखिएको बताए पर्वतमा पुनःनिर्माणका लागि यही पुसबाट मात्रै १७ जना इन्जिनियर खटिएका छन् । पर्वतका सातवटै स्थानीय तहमा क्षतिको संख्याअनुसार उनीहरुलाई परिचालन गरिएको छ त्यसैगरी अबको एक महिनाभित्र ८३८ जना डकर्मीलाई तालीम दिएर पुनःनिर्माणमा लगाउने तयारी भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव नारायण श्रेष्ठले जानकारी दिए । यसका लागि तीमध्ये दुई नगरपालिकामा ५०/५० का दरले, चार गाउँपालिकामा २५/२५ र बिहादी गाउँपालिकामा ५० गरी २५० जनालाई घरेलु तथा साना उद्योग विकास समितिले तालीम दिन थालेको छ प्रत्येक स्थानीय तहमा लाभग्राहीको संख्याका आधारमा डकर्मीलाई तालीम दिएर खटाइने छ, सहसचिव श्रेष्ठले भने– ‘अब लाभग्राहीका अधिकांश समस्या जिल्लाबाटै समाधान गर्न जिल्ला आयोजना कार्यान्वयन एकाइको कार्यालय स्थापना गर्ने र त्यसमा जिल्ला समन्वय अधिकारीलाई प्रमुख र जिल्ला इन्जिनियरलाई व्यवस्थापनको जिम्मेवारी दिइने नीति छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया