मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौं | बाँकेको खजुरा गाउँपालिका–३ मा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी खजुरा गाउँपालिका–४ निवासी २४ वर्षीय कमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश–३–२–००–११८५ नं को मोटरसाइकल सडकको छेउमा रहेको विद्युत्को पोलमा ठोक्किँएर दुर्घटना भएको थियो । थापा उक्त मोटरसाइकलमा सवार रहेका थिए । घाइते मोटरसाइकल चालक खजुरा गाउँपालिका–४का २३ वर्षीय आशिष थापाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?