तेलको मुल्य अत्याधिक बढ्न सक्ने : साउदीका राजकुमार भन्छन् विश्वकै अर्थतन्त्र नै ध्वस्त हुन्छ

काठमाडौं । विश्वले इरानलाई नरोकेमा पेट्रोलियम पदार्थको मूल्य कल्पनै नगरेको हिसाबले बढ्ने साउदी युवराज मोहम्मद बिन सलमानले चेतावनी दिनुभएको छ । साउदी अरेबिया र इरानबीचको युद्द जारी छ । यदि दुई देशबिचको तनाबलाइ बेलैमा नरोकेमा विश्वकै अर्थतन्त्र ध्वस्त हुने समेत बताउनुभएको छ ।

गत सेप्टेम्बर १४ तारिखमा साउदीको तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणको दोष यमनको विद्रोही समूह हुथीले लिएपनि साउदीले भने इरानलाइ दिदैं आएको छ ।

साउदी अरेबियाका डि फ्याक्टो शासकका रुपमा रहेका युवराज सलमानले इरानलाई रोक्नका लागि विश्वले यदि कडा कदम चाल्दैन भने त्यसले विश्वकै चासोलाई चुनौती सिर्जना गर्ने  जनाउनु भएकाे छ ।

मध्यपूर्व क्षेत्रले विश्वकै ३० प्रतिशत उर्जा उपलब्ध गराइरहेको उल्लेख गर्दै उहाँले २० प्रतिशत ग्लोबल ट्रेड प्यासेज र ४ प्रतिशत कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पनि धानिरहेको उल्लेख गर्नुभएको छ ।  यस्तो हुनु भनेको विश्वकै अर्थतन्त्र ध्वस्त हुनु हो । साउदी अरेबियाको मात्रै होइन, मध्यपूर्वका अन्य देशको पनि हो ।’’ भन्दै चेतावनी समेत दिनुभएको छ ।

यदि समयमै विश्वले ध्यान नदीएमा तेलको वितरण अवरुद्ध हुने र तेलको मूल्य कल्पनै नगरेको उच्च दरले बढ्ने र जुन कुरा आफुले आफ्नो जीवनकालमा कल्पनै नगेकाे समेत बताउनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?