विप्लव समुहले लुकाएर राखेको विष्फोटक पदार्थ प्रहरीद्वारा बरामद

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लुकाएर राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले आइतवार अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेबाट विस्फोटक पदार्थ बरामद गरेको छ।

जुटको बोरामा लुकाई Neogel 90 लेखिएको High Explosive २५ किलो विष्फोटक पदार्थ प्रहरीले फेला पारी बरामद गरेको हो ।

विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधि हो भनी विप्लव समूहको झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, झापा जिल्ला इन्चार्ज सुमनसिंह पौडेल, झापा जिल्ला जनसरकार प्रमुख (जिल्ला सदस्य) टीका पोखरेल लगायतका व्यक्तिहरु समेतले करिब १ महिनाअगाडि ल्याई लुकाई भण्डारण गरी राखेको खुलेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?