सेभियाको साँघुरो जित, रियल सोसिडाड पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभियाले साँघुरो जित हात पारेको छ । आइतबार राति भएको खेलमा सेभियाले रियल सोसिडाडलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा सेभियालाई जित दिलाउन नोलीटो, लुकास ओकाम्पोस र फ्रान्को भाज्क्वेजले एक एक गोल गरे । रियल सोसिडाडका मिकेल ओयार्जबल र पोर्टूले एक एक गोल फर्काए ।

सेभियाले एक गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो । जितसँगै सेभिया लिगको छैटौं स्थानमा उक्लिएको छ । सेभियाले ७ खेलमा १३ अंक जोडेको छ ।

७ खेलमा १३ अंक नै जोडेको सेभिया पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?