भड्किलो बन्दैछ दशैँ : कति खर्चिन्छन् नेपालीले दशैंमा ?

काठमाडौं । दशैँ नेपालीहरुको महान पर्व हो । तर दशैँआयो, दशा आयो’भन्नेहरु पनि छन् । यसको खास कारण छ ।
पहलिे पहिले मानिसहरुले दशैँमा परिवारको सबै सदस्यको लागि नयाँ लुगा सिलाउने नयाँ सामान जोड्ने मिठोमसिनो खाने गर्दथे । सयुक्त परिवारका भएको कारण स सानाा उपभोग्य वस्तु खरिदको लागि पनि हम्मेहम्मे पर्ने समय भएकोले त्यसतिबेला नै भनिएको थियो घाँटी हेरी हाड निल्नु अर्थात् आफ्नो गच्छेअनुसार मात्रै दशैँ तिहार र चाडबाड मान्नु भनेर ।
अहिले समय फेरिएको छ । वर्षमा एकपटक नयाँ लुगा सिलाउने, पेटभरी मासु भात खाने, लामो समयमको फूर्सद, लिंगे पिङ गाउँघरमा भिड नै हुने किसीमका तन्नेरी यी सबैका लागि अब दशैँ नै कुरीरहनु पर्छ भन्ने छैन । किनकी अब एकाध मानिसहरुबाहेक सबै मानिसहरुले एउटा स्टाटस बनाइसकेका छन् । यहाँ यो स्टाटस अर्थात् हैसियत भन्न खोजेको चाहिँ उनीहरुको कमाईले दुईछाक मिठोृ खान र एकजोर नयाँ लुगा लगाउनको लागि उनीहरुको लागि त्यति ठूलो कुरा होईन तर अब समय ले अर्को मोड लिएको छ अर्थात् पहिले जस्तो स सामाना खुसीहरुमा मानिसहरुलाई अपूर्ण लाग्छ । स साना कुराहरुले मानिसहरुलाई हँसाउानै छाडिसकेको छ ।
हो, उनीहरु घुमघामको लागि विदेश जान चाहन्छन् । नेपालका पनि पहाडी र उच्च हिमाली भेगमा हप्तौँ हराउन चाहन्छन् । यसै कारणले पनि मानिसहरुलाई थोरै रुपैयाँ या खर्चले दशैँ धान्ने अवस्था रहँदैन । लोकपथ डटकमले यहाँ तयार पारेको यो सामाग्रीमा पनि नेपालीहरुले औसतमा कति खर्च गर्ने रहेछन् भन्ने कुरालाई उल्लेख गरिएको छ ।  देखासीखीका कारण चाडबाड भड्किलो बन्दै गएको छ ।
चाडपर्वको नाउमा धेरै नेपालीहरुले थाप्लोमा ऋणको बोझ थपिदैँ जान्छ ।

कति खर्च गर्छन् त नेपालीले दशैंमा ?
अघिल्लो आर्थिक वर्षमा घरायसी खर्चको लागी नेपालीहरुको २२ खर्ब ९८ अर्ब रुपैयाँ सकिएको सरकारी तथ्याङ्क छ । दशैंको समयमा नेपालीहरुको वार्षिक खर्चको एक तिहाइ रहने गरेको पाइएको छ । साथै यस वर्ष नेपालीहरुको सामान्य खर्च २४ खर्ब रहने अनुमान अर्थशास्त्रीहरुको रहेको छ । त्यसैलाई आधार मान्ने हो भने दशैंको समयमा मात्र नेपालीहरुको ८ खर्ब खर्च हुने अनुमान रहेको छ ।
त्यसमध्ये करिब ४० प्रतिशतआफ्नै उत्पादनले पुग्दछ भने ६० प्रतिशत नगद नै आबश्यक पर्दछ । दशैं र अन्य समयमा घरायसी प्रयोजनको लागी आवश्यक हुने स्थानिय उत्पादनले धान्दछ भने ६० प्रतिशत भने नगद नै आवश्यक हुने गर्दछ । त्यहि आधारमा मुल्याङ्कन गर्दा दशैंको समयमा ५ खर्ब रुपैयाँ नै खर्च हुने अनुमान छ ।
अर्थशास्त्री केशव आचार्यका अनुसार यसको अर्थ बजारमा नगदमै कारोबार हुने भन्ने होइन। घरायसी उत्पादनका खाद्यवस्तु, तरकारी, माछामासु समेत बुझिन्छ । कुल उपभोग खर्चको ६०प्रतिशत बजारमा कारोबार हुने अनुमान गर्न सकिन्छ ।

२०७६ सालको दसैंको रौनक नेपालीहरुको घर आँगनमा आएसँगै बजारमा चहलपहल बढ्न थालेको छ । दशैंको समयमा किराना सामानदेखि लुगा–कपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्टड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङमेसिन, फ्रिज लगायत सरसामान अरुबेला भन्दा बढी नै खपत हुन्छन्।

दशैंको समय लाई लक्षित गर्दै बिभिन्न कम्पनीहरुले चाडपर्वकेन्द्रित विक्रेता तथा सेवा प्रदायकले विभिन्न अफर ल्याउने गरेका छन् । साथै मानिसहरु घुमघामको लागी धेरै निस्किने भएकाले सार्वजनिक सवारी साधन, होटल रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारपनि बढि नै हुने गर्दछ ।
त्यति मात्र नभएर दशैंको समयमा सम्पुर्ण बस्तुहरुको व्यापार पनि बढि नै हुने गरेको छ । कति व्यापारिक केन्द्रले त यहिमौका छोपेर उपभोक्ताहरुलाइ ठग्ने गरेको पाइन्छ । र अन्य समयमाभन्दा सहुलियतमा पाइन्छ भन्ने हिसाबले टिकाउ वस्तुहरू फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेट लगायतका खरिदकर्तामा दसैं अफर पर्खने बानी परेको छ । इन्टरनेट सेवा प्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवा प्रदायक तथा होटल रेस्टुरेन्टले पनि दसैं लक्षित प्याकेज ल्याएका छन् । त्यहि कारणले गर्दा हामीहरुको दशैं हरेक वर्ष खर्चिलो बन्न पुगेको छ ।
केहि वर्षअघिसम्म दशैंमा सपिङ्गको नाममा ठुला र सम्भ्रान्त परिवारले मात्र बढि खर्च गर्ने गर्दथे भने अहिले आममानिसहरुको पनि क्रयशक्ति बढेसँगै सबैको खर्चको दायरामा समेत बृद्धि भएको जानकारहरुको विश्लेषण छ ।
ज्वलरी व्यवसायीहरुका अनुसार पछिल्ला दशैंहरुमा सर्वसाधारणदेखी सम्भ्रान्त परिवारले गरगहनाजन्य वस्तुहरुको खरिद बढि हुने गरेको पाइएको छ । र स्वभावैैले पनि नेपालीहरु पछिल्लो समय पश्चिमा संस्कृतीको अनुशरण गर्दैछन् । त्यहिअनुसार आफन्त इष्टमित्रहरुलाई लत्ताकपडा एवं गर गहना उपहार दिने भएकाले पनि खर्चको दायरा बढि हुँदै गएको छ । अर्को मुख्य समस्या भनेको त टिका लगाउँदा दक्षिणा दिने प्रचलनपनि नेपालीहरुको मुख्य खर्चको माध्यम बन्दै गएको छ ।
टिका सँगै आफन्तहरुलाई दक्षिणा दिने प्रचलन छ । हुनेहरुले त जतिपनि दक्षिणा दिन सक्छन् । तर त्यहिअनुसार आर्थिक अवस्था कमजोर हुनेले पनि दिनैपर्ने बाध्यता जस्तै बनेको छ त्यसैले पनि गरिबहरुका लागी दशैं महादशा बन्ने गरेको छ ।
राष्ट्रबैंकका अनुसार चालुवर्षमा खाद्य, पेयपदार्थ, गैर खाद्य वस्तु र सेवाको समेत मूल्य बढेकाले मुद्रास्फिति लक्ष्यभन्दा माथि गएको जनाएको छ। दसैंमा ग्रामीण क्षेत्रमा समेत घरायसी उत्पादित सामग्री मात्र नभएर बजारमा उपलब्ध वस्तुको खरिद बढी हुने भएकाले महँगीले सबैलाई असर पार्ने बताइएको छ । गैर खाद्यवस्तुको समेत मूल्यवृद्धिले सबैलाई महँगीको असर पारेको छ।
त्यसैले अब सभ्य र भव्य रुपमा महान् पर्व दशैं मनाऔं । सरल र मितव्ययी तरीकाले दशैँ मान्ने कि ?
वडादशैँको सबैलाई शुभकामना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?