एजेन्सी । इङ्लिस प्रिमियर लिगको प्रतिष्ठित फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुन्नार सोल्सजारले चालू सत्रमै अग्रपंक्तिका खेलाडी भित्र्याउन लागिपरेको बताउनुभएको छ ।
टिमका अनुभवी खेलाडी रोमेलु लुकाकु र अलेक्सिस सान्चेज टिमबाट बाहिरिएसँगै म्यान्चेस्टरको अग्रपंक्ति कमजोर बनेको छ । प्रशिक्षक सोल्सजारले क्लबमा प्रतिभाशाली खेलाडी भएपनि पछिल्ला केही खेलमा गोल गर्न नसकिएको भन्दै अग्रपंक्तिका खेलाडी भित्र्याउनेतर्फ विचार विमर्श थालिएको जानकारी दिनुभयो ।
उहाँले हामी खेलामा केही नयाँपन ल्याउन चाहेका छौं, र हामीले केही लामो समयको करारमा खेलाडी भित्र्याउन खोजेका छौं भन्नुभयो ।
म्यान्चेस्टर युनाइटेडले युभेन्टसका मारियो मान्जुकी र पाउलो डिबाला, बोरुसिया डर्टमन्डका जाडोन सान्चो र एथ्लेटिक बिल्बाओका इनाकी विलियम्सलाई ल्याउन प्रयास गरिरहेको छ ।
युनाइटेड हाल प्रिमियर लिगमा ११औं स्थानमा छ । सोमबार युनाइटेडको खेल आर्सनलसँग हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया