दशैँ : सोमबार बिहानसम्म काठमाडौंबाट बाहिरिए ९ लाख मानिस , यात्रा गर्दा यी कुराहरु ध्यान दिने की ?

काठमाडौं । दशैं नजिकिएसँगै राजधानी शहर काठमाडौंबाट आ-आफ्नो घर फर्किने क्रम जारी छ । यो वर्षको यातायात व्यबस्था बिभागले अग्रिम टिकट बुकिङ्गको लागी असोज ५ गतेबाट खुला गर्यो । सोमबार बिहानसम्ममा करिब ९ लाख भन्दा बढि यात्रु काठमाडौबाट बाहिरिसकेका छन् । दसैंको लागि अग्रिम टिकट बुकिङ खुलेको असोज पाँच गतेदेखि १३ गतेसम्म उपत्यकाका तीन जिल्लाबाट यी संख्यामा यात्रु दसैं मनाउन घर गएका हुन् ।

यस्तै पाँच गतेदेखि १३ गते बिहानसम्म १ लाख १ हजार ८ सय ९ वटा सवारीसाधन उपत्यका भित्रिएका छन् भने १ लाख १६ हजार ७ सय ५० वटा सवारीसाधन उपत्यकाबाट बाहिरिएको महानगरिय प्रहरि प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो। यसै क्रममा शनिबार र आइतबार मात्रै १३ हजार ५ सय ५ वटा सवारी साधन काठमाडौं बाहिरिएको साथै १ लाख १२ हजार ९ सय ८१ जना मानिसहरु बाहिरिएको महानगरिय प्रहरि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

उपत्यकाका सबै टिकट काउन्टरहरुमा यात्रुबाट बढी भाडामा टिकट काट्ने, टिकटमा लेखेभन्दा फरक नम्बरको बसमा चढाउने, टिकटमा बस नम्बर नलेख्ने, सिट क्षमताभन्दा बढी संख्यामा यात्रु चढाउने चालक र टिकट काउन्टरका कर्मचारीलाई सचेत गराउदै कारबाही गर्नका लागी सादा पोसाकमा प्रहरी परिचालन समेत गरेको प्रहरी महाशाखाले जनाएको छ ।

साथै यस पटकको दसैं मनाउन करिब २५ लाख यात्रु विभिन्न जिल्लाका लागि उपत्यकाबाट बाहिरिने महाशाखाले अनुमान गरेको छ ।

दशैँमा यात्रा गर्दा ध्यान दिनुहोस यस्ता कुरा :

  • यातायात व्यबस्था बिभागले तोकेको भन्दा बढि भाडा लिएको छ कि ?
  • यात्रामा चालक निदाएको छन् कि ?
  • चालकले यात्रामा मापसे पो गरेर सवारी चलाएका छन् कि ?
  • तपाइ यात्रा गरिरहेको सवारी कतै कन्डिसनमा पो छैन् कि ?
  • कतै क्षमताभन्दा बढि यात्रु चढाएको पो छ कि ?
  • अनावस्यक ओभरट्याक गरेमा सचेत गराउनुहोस्
  • तिव्र गतिमा चलाए सचेत गराउनुहोस्
  • यात्राको क्रममा फलफुल वा अन्य खानेकुरा खादा निस्किएका फोहोर आफुपनि बाहिर नफ्याक्नुहोस र अरुले फ्याकेमा पनि सचेत गराउनुहोस्
  • लामो दुरीका सवारी साधनमा दुइजना चालक राखेको छ वा छैन् ?
  • चालक एवं सहचालकको व्यक्तिगत कामको लागी गाडी रोकेर यात्रुलाइ  कुराएको पो छ कि ?
  • एउटा भनेर अर्को सवारीमा यात्रा पो गराउदै छ कि ?

यसरी यात्राको क्रममा चालक तथा सहचालकले मात्र नभएर यात्रुले पनि सावधानी नअपनाउदा सवारी दुर्घटना हुने पाइएको छ । कतिपय अबस्थामा सवारीमा धेरै यात्रु हुँदा हु्ँदै पनि गन्तव्यमा पुग्नुपर्ने बाध्यताले गर्दा जवरजस्ती गरी चढ्ने गरेको पाइएको छ । त्यसैले त्यस्ता क्रियाकलापहरु आफु पनि नगर्नुहोस अरुलाइ पनि सचेत गराउनुहोस ।

तपाइको यात्रा शुभ रहोस, शुभ बडादशैँ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?