नेपाल दक्षिण एशियाकै पहिलो खुल्ला दिसामुक्त राष्ट्र घोषणा

काठमाडौं । नेपाल दक्षिण एशियाकै पहिलो खुल्ला दिसामुक्त राष्ट्र घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राजधानीको राष्ट्रिय सभामा आयोजित एक कार्यक्रममा नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्नुभएको हो । यससँगै देशको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्की हो।

यसले “समृद्ध नेपाल सुखी नेपाली”को लक्ष्यमा एउटा खुड्किलो थपेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले अब नेपाललाई सडकमानवमुक्त वा भिखारी मुक्त घोषणा गर्ने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?