रोल्पाको लुंग्री खोलामा बस खस्यो

काठमाडौंँ । आज पूर्वी रोल्पाको लुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ । आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको हो।

त्यस्तै मृत्यु हुनेमा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन्। सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्कदेखि उत्तर तर्फबाट बस खोलामा खसेको प्रहरीले जनाएको छ। गाडी फर्काउने क्रममा बस सिधै खोलामा खसेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?