एनआरएनए युरोप उपसंयोजक उम्मेदवार तिमल्सिनाद्वारा ९ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप उपसंयोजक पदका उम्मेदवार कृष्ण प्रसाद तिमल्सिनाले आफ्नो ९ बुँदे चुनावी (घोषणापत्र) सार्वजनिक गरेका छन् ।

आइतबार लण्डनमा पत्रकार सम्मेलन गरेर तिमल्सिनाले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । आफ्नो चुनावी प्रतिवद्धतामा तिमल्सिनाले युरोप क्षेत्रमा रहेका नेपाली समुदायका लागि विशेष राहतको कार्यक्रम स्वरुप बेलायतको राजधानी लण्डनमा एक विषेश च्यारिटी कार्यक्रमको आयोजना गरी आपतकालीन राहत कोष स्थापनाको लागि पहिलो पहलकदमी लिने प्रतिवद्धता जनाएका छन् ।

यस्तै गैरआवासीय नेपाली संघले उठाउँदै आएका महत्त्वपूर्ण मुद्दाहरुलाई कार्यान्वन गर्न लागिपर्ने, संघको क्षेत्रीय बैठकहरुलाई अझ व्यवस्थित गर्ने, खर्च विवरणलाई पारदर्शी बनाउने, युरोपमा हुर्किएका दोस्रो पुस्ता तथा युवाहरुको लागि नेपाली भाषा तथा संस्कृति सिकाउने र युरोप क्षेत्रमा नेपालको पर्यटन प्रवद्र्धन गर्न हरेक राष्ट्रिय समितिसँग समन्वयन गरी विशेष कार्यक्रम सञ्चालन पनि उनले प्रतिवद्धता जनाएका छन् ।

सन् २००७ देखि एनआरएनमा आवद्ध तिमल्सिना एनआरएन केन्द्रीय सदस्य (२०१५–०१७) र नेपालमा लगानी प्रवद्र्धन, नीति तथा पोलिसी, मानवीय तथा परोपकारी कार्यदलका सदस्य समेत हुन् ।

बेलायत निवासी तिमल्सिना गैरआवासीय नेपाली संघ, युकेको सल्लाहकार (सन् २०१७), गैरआवासीय नेपाली संघ, युकेको अध्यक्षका प्रत्यासी (सन् २०१७–१९), गैरआवासीय नेपाली संघ, युकेका उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली संघ, युकेको कार्यसमिति सदस्य (सन् २०११–०१३) समेत रहिसकेका छन् ।
बेलायतमा समाजसेवी छवी बनाएका उनी सेफ एसोसियसन युकेका संस्थापक अध्यक्ष समेत हुन् । उनको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?