विप्लवका कार्यकर्ताद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि निर्घात कुटपिट, टाउकोमा ११ वटा टाँका

काठमाडौं । प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव समूहका कार्यकर्ताको कुटपिटबाट मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय गम्भिर घाइते हुनुभएको छ ।

सुर्खेतको चिनगाड १ स्थायी घर भएका ३५ वर्षीय उपाध्याय माथी सोमबार बिहान नौ जनाको समूहमा आएका कार्यकर्ताले कुटपिट गर्दा घटनास्थलमै बेहोस हुनुभएको थियो । सदरमुकाम गमगढीबाट कार्यक्षेत्र जाँदै गर्दा विप्लव समूहका कार्यकर्ताको कुटपिटबाट उहाँ घाइते हुनुभएको हो ।

उहाँको शरीर र टाउकोमा गहिरो चोट लागेको छ । साथै उहाँलाई बचाउन जाँदा आफूलाई पनि मास्क लगाएका अााएका दुईजनाले कुटपिट गरेको सोही गाउँपालिकाका कृषि शाखा प्राविधिक रतनलाल साहनीले जानकारी दिनुभयो ।

उहाँकाे प्राथमिक उपचार जिल्ला अस्पतालमा नै गरिएपनि थप उपचारका लागि नेपालगञ्‍ज रिर्फर गरिएको जिल्ला अस्पतालले जानकारी दिएको छ । उहाँको टाउकोमा ११ वटा टाँका लागेका छन्।

यसरी कुटपिट गर्नेलाइ पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर शाहले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?