काठमाडौं, २४ पुस । एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजी अर्थात लङ्ग टर्म इभोलुसन एलटिई सेवा लाहानको सिराहा र धनगढीको कैलालीमा पनि विस्तार गरेको छ । आइतबारदेखि यी दुई शहरहरुमा एनसेलको फोरजी सेवा सञ्चालनमा आएको कम्पनीले जनाएको छ सेवा विस्तारसँगै एनसेलको फोरजीसिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब लाहान र धनगढीमा पनि दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवाको मजाका साथै यसबाट लाभलिन सक्ने कम्पनीले जनाएको छ । यो सेवाविस्तारसँगै एनसेलको फोरजी सेवा देशको विभिन्न २१ शहरमा पुगेको छ र एनसेल फोरजी सेवाको पहुँच १५५ भन्दा बढि जनसंख्यामा पुगेको छ ‘अझ धेरै मानिसलाई नयाँ प्रविधिमा आधारित दुर्तगतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच सुनिश्चित गर्दै थप २ शहरहरु लाहान र धनगढीमा पनि फोरजी सेवा प्रदा नगर्न पाउँदा हामी निकै हर्षित छौं’, एनसेलका कर्पोरेट सर्भिसे ज्निर्देशक प्रणय आचार्यले भने । ‘‘राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएका लक्ष्य प्राप्ति तथा डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउदै, आफ्नो प्रतिवद्धता बमोजिम हामी जनसंख्याको १५ प्रतिशतभन्दा बढिमा यो सेवाको पहुँच सुनिश्चित गर्न सफल भएका छौ ।”एनसेलको फोरजी सेवा अब देशको विभिन्न २१ शहरमा उपलब्ध १५ प्रतिशतभन्दा बढि जनसंख्यामा देशकै वृहद फोरजी नेटवर्कको पहुँच ग्राहकले रु १ मा आफ्नो सिमफोरजीमा अपग्रेड गरी १ जिबीफोरजी डेटा पाउन सक्ने जेठ १८ देखि सुरु भएको एनसेलको फोरजी सेवाहाल काठमाडौ उपत्यका नगरकोट सहित, बनेपा, धुलिखेल, पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल, कोहलपुर, नेपालगञ्ज र विरेन्द्रनगरमा उपलब्ध छ आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजीचल्ने सिम युसिमसँग मात्र रु १ शुल्क तिरेर साट्न सक्छन् । ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमतिपत्र पेश गरी सिम साट्न सक्छन् । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोवाइलनम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्तडेटा ३ दिनको लागि मान्य हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया