चन्द समूहका नगर इञ्चार्ज पक्राउ

बागलुङ– नेत्रविक्रम चन्द समूहका एक नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । बागलुङ गल्कोट नगर इञ्चार्ज सुदर्शन नेपालीलाई असोज १३ गते उनकै गाउँबाट पक्राउ गरेको हो ।

गल्कोट नगरपालिका–११ मझुवा का २८ वर्षीय सुदर्शन नेपालीले स्थानीय व्यवसायीलाई डर धम्की देखाएर चन्दा असुली गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टका अनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?