काठमाडौँ, २४ पुस- प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुन पत्र काट्ने अधिकार प्रहरीलाई नभएको महासंघले एक विज्ञप्तिमार्फत जनाएको छ विज्ञप्तिमा आमसञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा प्रेस काउन्सिलमार्फत समाधान खोज्न आग्रह पनि गरिएको छ विज्ञप्तिमा भनिएको छ–यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु¥याउने महासंघको ठहर छ । महासंघ यस किसिमका घटना तत्काल रोक्न र यस्ता घटना पुनः नदोहो¥याउन सम्बन्धित पक्षलाई आग्रह गर्दछ । र, प्रेस स्वतन्त्रताविरोधी यस किसिमका घटना नरोकिएमा महासंघ कठोर संघर्षका कदम चाल्न बाध्य हुने पनि स्पष्ट गर्न चाहन्छ । ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया