काठमाडौं, २८ भदौ ।नेपाल रेडक्रस सोसाइटी काठमाडौंका अध्यक्ष मथुराराम श्रेष्ठले रक्तदान नै पुन्य आर्जनको गतिलो आधार भएकाले रक्तदान गर्न सबैलाई आग्रह गरेका छन । शंकरदेव क्याम्पस रेडक्रस युथ सर्कलले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै श्रेष्ठले धर्मका नाममा मठ मन्दिर धाउनुभन्दा रगत दान गरेर जीवन मरणसँग लडिरहेको विरामीलाई बचाउनु ठूलो धर्म हुने बताए ।कार्यक्रममा प्राध्यापक डाक्टर शिलु बज्राचार्यले समाज कल्याणको काममा राजनीति नगर्न आग्रह गर्दै सेवामुलक काममा लाग्न विद्यार्थीहरुलाई सुझाइन । स्ववियु सभापति शुभराम बस्नेतले सेवामुलक काम गरेर शंकरदेव क्याम्पसले छवि उच्च राखेको बताए । उनले सेवा गर्ने नाममा समुहगत राजनीति गरेर व्यक्तिगत स्वार्थ पुर्ति गर्न चाहनेहरुलाई सजग रहन आग्रह गरे ।शंकरदेव क्याम्पस रेडक्रस युथ सर्कलका अध्यक्ष निस्कल राईले धर्मका नाममा धेरै मठ मन्दिर धाउनु भन्दा पनि मृत्युको मुखमा पुगेको विरामीलाई रगत दिएर बचाउनु ठूलो धर्म हुने औंल्याए ।रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्य, युथ रेडक्रस सर्कलका पूर्व अध्यक्ष मौसम राई, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधीहरु सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया