बाढिले प्रभावित हुवासिन सिमेन्ट उद्योग निर्माणको काम सुचारु,दुइ चिनियाँ कम्पनीले पाए ठेक्का

काठमाडौं । हुवासिन सिमेन्ट उद्योगको काम पुन: सुचारु भएको छ। उद्योगले निर्माण कम्पनी फेरेर काम सुचारु गरेको हो। तीब्र गतिमा निर्माण भैरहेको हुवासिन सिमेन्टमा ‍असार २९ गते पसेको बाढीले उद्योग निर्माणमा काम रोकिएको थियो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधिन उद्योगमा बाढी पसेको २ महिनापछि पुन काम सुचारु भएको हो।

उद्योगले पहिले काम हान्दान सिनोमा कन्सल्ट्यान्टलाई हटाएर नयाँ दुई कम्पनीलाई जिम्मा दिएको हो। साथै उद्योगका अनुसार अब सी चुयान या हुई र हुवासिन कन्स्ट्रक्सन प्रालिले सुरु गरेका छन्।  निर्माणको जिम्मा पाएको चुयानले ५० जना कामदार लिएर काम सुरु गरिसकेको छ भने हुवासिन कन्स्ट्रक्सनले कामदारका लागि अस्थायी क्याम्प बनाइरहेका छन्।

यो भन्दा अघि नै उद्योग निर्माण कम्पनी र हुवासिन उद्योगबीच सहमति हुन नसकेपछि काम अघि बढ्न सकेको थिएन।

उद्योग निर्माणको जिम्मा पाएको हान्दान सिनोमा कन्सल्ट्यान्टले क्षतिको विवरणमा विवाद भएपछि काम छोडेको हो।  कामको जिम्मा पाएको दुबै चिनियाँ कम्पनी हुन् । साथै कम्पनीसँग आर्थिक र प्राविधिक पक्षमा सहमति भैसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?