काठमाडौं । नेपाली बजारमा पछिल्लो केहि दिनयता सुनको मुल्य निरन्तर ओरालो लागेको छ । अमेरिका र चीनको व्यापार युद्द केहि मात्रामा कमि आएको साथै अन्तराष्ट्रिय बजारमा साना लगानीकर्ता पुनः फर्किएका कारण पनि सुनको मुल्यमा कमि आएको महासंघको भनाइ रहेको छ ।
मुख्य गरि अन्तराष्ट्रिय बजारमा सुनको भाउ कमजोर हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोगको तयारी गर्नुलाई लिईएको छ । यदि ट्रम्प विरुद्ध महाअभियोग लाग्यो र अमेरिकी सिनेटले एक्सन लियो भने अन्तराष्ट्रिय बजार तात्ने अनुमान गरिएको छ ।
अन्तराष्ट्रिय रुपमा भएको तनाबका कारण साना लगानीकर्ताहरु केही समय होल्ड गरेर बसेका थिए । तर लामो समय कुर्न नसकी बजारमा फर्किएको कारण सुन केही सस्तो भएको महासंघको अनुमान छ ।
साउदी र इरान लगायतका देशहरुको अन्य देशसँगको विवादले सामान्य प्रभाव परेपनि सुनको बजार विस्तार पूर्ववत् अवस्थामा फर्किन लागेको महासंघका उपाध्यक्ष दियश शाक्यको बुझाई छ । तर अमेरिका र चीनको व्यापार मामिलाका अविश्वासहरु कायमै छन् ।
आफू विरुद्ध महाअभियोग लाग्न नदिन ट्रम्पले चीनसँग समझदारी गर्नुपर्ने अन्तराष्ट्रिय राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । साथै अमेरिका र चीनबीचको व्यापारमा देखिएका असझदारी मिलेमा सुन नेपाली बजारमा ६० देखी ६५ हजार प्रतितोलासम्म झर्ने अनुमान महासंघको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया