प्रधानमन्त्रीले मुख्यमन्त्री र मेयरलाई एकै पटक भिडियो कल गर्दै, यस्तो छ कारण !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज (बुधबार) मुख्यमन्त्रीसहित सबै नगरपालिकाका मेयरलाई एकै पटक भिडियो कल गर्नुहुने भएको छ । प्रधानमन्त्रीले फोरजी उद्घाटनको लागि भिडियो कल गर्न लाग्नु भएको हो ।

नेपाल टेलिकमको महत्वकांक्षी परियोजना फोरजी सेवा आजबाट शुरु हुँदैछ । प्रधानमन्त्रीबाट उद्घाटन गरेर सेवा शुरु गरिने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार प्रधानमन्त्रीले बेलुकी ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो कल गरेर फोरजी सेवा उद्घाटन गर्नुहुनेछ ।

प्रविधि बजारमा अहिलेसम्म ठूलो हिस्सा थ्रीजीले ओगटेको छ । थ्रीजी प्रयोग भइरहेको बेला विश्वभर प्रचलनमा रहेको कारण फोरजी शुरु गर्न लागिएको हो । उद्घाटनसँगै नेपाल टेलिकमले महनगरपालिकासहित मुलुकका मुख्य शहरमा आजबाट फोरजी विस्तार गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?