काठमाडौं । दशैँका लागि उपत्यकामा खसी, बोका तथा च्याङग्रा भित्रिन थालेका छन् । दशैँको लागि हजारौं संख्यामा खसी बोका र च्यांग्रा उपत्यका भित्रिएका हुन् ।
दशैँको समयमा उपत्यकामा मात्र नभएर देशैभरि नै मासुको अत्याधिक खपत हुने गर्दछ । वर्षभरी मासु खान नसकेकाहरूले पनि ऋण गरेरै भएपनि सिंगै खसी काट्ने प्रचलन अझैपनि कतिपय स्थानमा यथावत रहेको छ ।
वार्षिक दशैँमा लाखौँको सङख्यामा खसीबोका काट्ने गरेका छन् । कलंकिको खसी बजारमा पनि हजारौंको सङख्यामा खसी, बोका तथा च्याङग्रा भित्रिएका छन् । हामीले कलंकीको खसी बजारमा पुगेर त्यहाँ देखिएको चहलपहल क्यामेरामा कैद गरेका छौं ।
हेनुहोस् कलंकिको खसी बजारमा पुग्दा जे देखियो :
तस्वीर : बिप्लव जमकटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया