डिभिको आवेदन खुल्ला, कहिलेबाट भर्न सकिन्छ ?

काठमाडौं । सन् २०२१ को लागि अमेरिका जाने डाइभर्सिटी भिसा अर्थात् डीभी को लागि आवेदन खुल्ला भएको छ ।

अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार यस वर्ष ५५ हजार नेपालीलाई अमेरिका लैजाने सूचनामा उल्लेख गरिएको छ । डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन । डीभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने सूचनामा जनाईएको छ ।

अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँछ।

अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ।

तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन। आवेदन दिंदा आवेदकहरूले आफ्नो इमेल ठेगाना दिनुपर्ने हुन्छ । आवेदन फराम अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत भर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?