एनआइसी एसिया बैंकको नयाँ योजना ,सुपरमार्केटमा कार्डबाट कारोबार गर्दा भारी छुट

काठमाडौं । दशैंको समयमा एनआइसी एसिया बैंकले आफ्ना ग्राहकहरुको कारोबारलाइ सहजता प्रदान गर्नका लागी नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत भाटभटेनी तथा सुपरमार्केटबाट बैंकका ग्राहकहरुले डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा छुट पाउने छन्। कपडा तथा जुत्ताको प्रत्येक खरिदमा १५ प्रतिशत तथा ६ हजार ६७६ रुपैयाँको खरिदमा एक हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

तर एनआईसी एशिया बैंकको ग्राहक नभएकाहरुका लागि बैंकले भाटभटेनी सुपरमार्केटमा स्टल राखेको र त्यहाँबाट तत्काल खाता खोली तुरुन्त डेबिट तथा क्रडिट कार्ड प्राप्त गर्न सकिने छ । साथै कारोबार गरी योजनाको उपयोग गर्न सकिने पनि बैकले जनाएको छ ।

यो योजना लागु भएसँगै बैंकको सबै आउटलेटहरुमा सपिङ गर्न आउनेहरुको भीड लागेको विज्ञप्तिमा उल्लेख छ। छुटको आकर्षणसँगै स्टलमा उपस्थित बैंकका प्रतिनिधिहरुको सहयोगमा अहिलेसम्म हजारौं नयाँ कार्डहरु इस्यु भइसकेको र प्रतिदिन तीन करोडको हाराहारीमा कारोबार त्यही गतिमा भइरहेको बैंकले जनाएको छ।

देशभर भाटभटेनीका १६ वटा सुपरस्टोर रहेका छन् । साथै याे सेवा असोज ८ गतेबाट सुरु गरेको र कात्तिक १६ गतेसम्म योजना लागु हुनेपनि बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?