महोत्तरीमा कुकुर आतंक : भेटिए गोली हान्न आदेश

काठमाडौं । महोत्तरीको जलेश्वरमा बौलाहा कुकुरले आतंक मच्चाएको छ । कालो रंगको एउटा बौलाहा कुकुरले ५० जना भन्दा बढीलाई टोकेको छ ।

बौलाहा कुकुरले जलेश्वर नगरपालिका र एकडारा गाउपालिकामा अहिलेसम्म ५० जना भन्दा बढीलाई टोकेको छ । कुकुरले टोकेकाहरुको जलेश्वर अस्पतालमा उपचार भएको छ ।

नगर तथा गाउँमा बौलाहा कुकुर आतंक भएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । तर प्रहरीले अहिलेसम्म कुकुर फेला पार्न सकेको छैन ।

जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले परिचालित प्रहरीलाई बौलाहा कुकुर भेटिए गोली हान्न आदेश दिइएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?