काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा निर्माण भइरहेको शिवश्री हाइड्रोपावर कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री गर्न लागेको छ ।
२२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले सर्वसाधरणको लागी आइपियो बिक्रि गर्न लागेको हो ।
यसअघि आयोजना प्रभावित स्थानीयलाई बिक्री हुन नसकेको ११ लाख ३६ हजार ५४० कित्ता शेयर समेत जोडेर कम्पनीले जम्म्ाा ३३ लाख ५१ हजार १४० कित्ता शेयर बिक्री गर्न लागेको हो ।
उक्त आइपियोको असोज २४ गतेभित्र आवेदन खुला रहनेछ भने त्यस अवधिमा माग बमोजिम आवेदन नपरे कात्तिक १५ गतेसम्म आवेदन दिन सकिनेछ । यस आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिन्छ । साथै यस आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेकाे कम्पनीले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया