काठमाडौं । सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संसद् सचिवालयले सूचना प्रकाशित गरेको छ । महराले मंगलबार दिएको राजीनामासम्बन्धी सूचना सचिवालयले आज (बुधबार) प्रकाशित गरेको हो ।
सभामुख महराले राजीनामा दिएकाले उपसभामुखको आदेशअनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम २.१.१ को उपनियम (२) बमोजिम सूचना निकालिएको सूचनामा उल्लेख छ ।
संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारमिाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराले मंगलबार राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया