कतै तपाईसँग अरुले नक्कली नोट त कारोबार गर्दै छैन ? यसरी चिन्नुहोस्

काठमाडौं । बेला-बेला नक्कली नोटसहित प्रहरीले मानिसहरुलाइ समातेका घटना आइरहने गर्दछ । हेर्दा उस्तै देखिने भएकाले हतारका बेला कसैले दिएमा सक्कली र नक्कली नोट हामीले छुट्याउन सक्दैनौ ।

नक्कली नोट बजारमा पठाइ त्यस बराबरको भुक्तानी लिएर धनि हुने लालसामा धेरै मानिसहरु छाप्ने  मेसिन सहित समातिने गरेको समाचार पनि आइरहेको छ । तर कतिपय भने नक्कली नोट चिन्न नसकी अरुले दिएको नोटको आधारमा फस्ने गरेका छन् ।

सक्कली र नक्कली नोटमा हेर्दा उस्तै देखिएतापनि धेरै तात्विक भिन्नता रहेको छ । सक्कली नोट खस्रो हुन्छ  । नक्कली नोट चिल्लो हुन्छ  । प्रयोग गरेर छुट्याउनका लागि नोटमा पानीको थोपा हाल्नुपर्छ  । औंलाले हिर्काउनुपर्छ  । सक्कली नोट पानी परे पनि बिग्रिँदैन  । नक्कली नोटमा पानीको थोपा पर्यो भने रङ पोतिने, कागज गल्ने, छिट्टै लत्र्याकलुत्रुक हुने हुन्छ  । साथै बिभिन्न बिशेषताहरुको कारण नक्कली वा सक्कली नोटमा फरक हुने गर्दछ ।

 

हेर्दा उस्तै देखिएपनि त्यसमा धेरै अन्तर रहेको छ । तर धेरै मानिसले नक्कली नोट चिन्न सकिरहेका हुदैनन् । त्यसैले नक्कली नोट पहिचान गर्नका लागी निम्न कुरामा ध्यान दिनुपर्दछ ।

 

 

नक्कली नोट पहिचान गर्नका लागी थाहा पाउनुहोस यस्ता कुरा : 

  • हामीले प्रयोग गर्ने हजार, पाँच सय र सय रुपैयाँका नोटको दायाँ पुच्छर भागमा  उज्यालोमा हेर्दा वा लाइट बालेर हेर्दा  त्यहाँ लालीगुँरासको चित्र देखिन्छ  । त्यसलाई पानी छाप भनिन्छ । यदि त्यसरी हेर्दा लालिगुँरासको चित्र देखिएन भने त्यो नक्कली नोट भनेर चिन्नुपर्दछ । नक्कली नोटमा त्यस्तो देखिँदैन  ।
  • प्रत्येक नोटको बीच भागमा एउटा ठाडो टल्किने धर्को हुन्छ  । यसलाई सुरक्षण धागो भनिन्छ  । उक्त धर्कोलाई उज्यालोतिर फर्काएर हेर्दा त्यहाँ पनि सानो अक्षरमा राष्ट्र बैंकको छोटकरी रूप ‘एनआरबी’ देखिन्छ  । यस्तो धागो नोटको आधारमा राखिएको हुन्छ । जस्तै हजारको नोटमा ठुलो , पाँच सयको नोटमा त्यो भन्दा केही सानो तथा सयको नोटमा पाचसयको नोटमा भन्दा सानो हुने गर्दछ । यदि नोटको बिचमा त्यस्तो धागो राखिएको छैन भने त्यो नक्कली नोट भनेर चिन्न सकिन्छ ।
  • हरेक नोटको बीच भागको तलपट्टि अंग्रेजी अक्षरमा राष्ट्र बैंकको छोटकरी रूप ‘एनआरबी’ लेखिएको हुन्छ  । तर नक्कली नोटमा त्यस्तो लेखिएको हुदैँन ।
  • नक्कली नोट चिल्लो हुन्छ  । तर  सक्कली नोट खस्रो हुन्छ  । नोट नक्कली वा सक्कली केहो  छुट्याउनका लागि नोटमा पानीको थोपा हाल्नुपर्छ  । औंलाले हिर्काउनुपर्छ  । सक्कली नोट पानी परे पनि बिग्रिँदैन  । नक्कली नोटमा पानीको थोपा पर्यो भने रङ पोतिने, कागज गल्ने, छिट्टै लत्र्याकलुत्रुक हुने गर्दछ । त्यसरी पनि नक्कली र सक्कली नोट छुट्याउन सकिन्छ ।
  • कुनैपनि नयाँ नोट सक्कली छ भने औंलाले हान्दा ट्वाक्क–ट्वाक्क गरी कडा आवाज आउँछ  । नक्कली नोट वा अन्य कागजमा यस्तो आवाज आउँदैन ।नोटमा अघिल्लो र पछिल्लो भागमा फरकफरक विशेषता हुन्छन यसबारे जानेर हामी नोट सक्कली वा नक्कली छुट्याउन सक्छौं  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?