काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँ हो । हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरुको हात बाट टीका(प्रसाद ग्रहण गरेर) विशेष रुपमा पुर्णिमा सम्म मनाउने गर्छन् । घटनास्थापनादेखि नै दशैँ शुरु हुने भएकाले दशैंमा राम्रो लगाउन र मिठो खाने प्रचलन धेरै अगाडी देखिनै चलिआएको हो ।
दशैँको चहलपहल बढेसगै हामीले धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । पछिल्ला समयहरुलाई नियाल्दा चाडवाडको समयमा लुटपाट जस्ता अपराधीक गतिविधि बढ्ने गरेको पाईन्छ । लुटपाट भन्ने बित्तिकै गहना लुटपाट पकेटमार नै पर्छर्न । जस्तो सुकै चाडपर्वमा पनि गहनाको प्रयोग बढेको पाईन्छ ।
हामीले गहना लुटपाट चोरी को समचार सुनिरहेका हुन्छौ तेही पनि ध्यान दिदैनौ । चाड वाडमा चोरिको बिगबिगी बढेको पाईन्छ । हुलमुलमा गहनाको प्रयोग नगर्नु नै उचित हुन्छ । चाडपर्वको चहलपहलमा, मान्छेको भिडभाबमा,हुलमुलमा गहनाको प्रयोग नगरौ ।
तपाईलाई थाहा छ । सार्वजनिक सवारीमा र सार्वजनिक स्थानमा लुटपाट गर्नेहरुले प्रहरीको जस्तै कोड भाषामा कुरा गर्छन् ।
अरु मानिसहरुले आफ्नो चोरीको दाउ थाहा नपाउन् भनेर उनीहरुले कोड ल्याङ्ग्वेजु प्रयोग गरेका हुन् । पाकेटमारी घटना सुनाउदै प्रहरी अधिकारी भन्छन्, सांकेतिक भाषा बुझ्न नसक्दा सार्वजनिक यातायातका साधानमा लुटपाट बढी हुने गरेको छ ।
विशेष गरी सर्वसाधारणको बाक्लो भीडभाड हुने स्थानहरु र सार्वजनिक यातायातको साधनहरुमा लुटेरा तथा पाकेटमारहरुले ‘कोड’ भाषा प्रयोग गरी अपराध गर्ने गरेको पाइएको प्रहरीको अनुसन्धानबाट देखिन्छ ।
प्रहरीका अनुसार, यात्रुको भीडभाड भएको मौका छोपी तीन चारजनाको समूहमा रहेका लुटेराले योजनाबद्ध ढंगले लुटपाट गर्ने गर्छन् ।
बसभित्र एकजनाले धकेल्ने, अर्कोले अर्कोलाई ठेल्ने, अनि एकले अर्कोलाई नठेलम हो भन्दै हात फुत्त झिकेर खल्तीबाट नगद र वालेट झिक्ने गर्छन् ।
प्रहरीका अनुसार, यात्रुको भीडभाड भएको मौका छोपी तीन चारजनाको समूहमा रहेका लुटेराले योजनाबद्ध ढंगले लुटपाट गर्ने गर्छन् ।
बसभित्र एकजनाले धकेल्ने, अर्कोले अर्कोलाई ठेल्ने, अनि एकले अर्कोलाई नठेलम हो भन्दै हात फुत्त झिकेर खल्तीबाट नगद र वालेट झिक्ने गर्छन् ।
उनीहरु एउटा स्थानमा उभिएका हुन्छन् तर, आँखा र हात भने सर्वसाधारणको झोला, गर्धनको सिक्री र पर्स थुत्न पुगेको हुन्छ ।
कतिपय पाकेटमारहरु पाकेट मार्न असफल भएपछि ‘पैसा हराएको वा लुटिएको नाटक गर्छन् । ला १ मेरो त पैसा नै चोरी भो’ पाकेटमारले यसो भन्दै गर्दा सर्वसाधारणको ध्यान खल्ती हेर्न र छाम्न तिर जान्छ, त्यसपछि कोसँग कति पैसा छ भन्ने कुरा पाकेटमारले सजिलै चाल पाउँछन् ।
उपत्यकामा सक्रिय पाकेटमार तथा लुटेराहरुले सर्वसाधारणको आँखा छल्न र प्रहरीबाट जोगिन कोड भाषा प्रयोग गर्ने गरेका हुन् ।
लुटेराका कतिपय भाषाप्रति प्रहरी समेत जानकार छैनन् ।
उनीहरुले अफिसमा कुरा गर्दा अरुहरुले सुन्ने गरी कोड भाषा प्रयोग गर्छन् । तर, सर्वसाधारणले बुझ्दैनन् । बुझ्ने चासो पनि दिँदैनन् ।
ठाँउ अनुसार भाषा फेर्छन् अपराधीहरु प्रहरी भन्छन्, भाषाले नभएपनि उनीहरुको हाउभाउ र हेराइले पाकेटमार र लुटेरा ठ्याक्कै छुट्याउन सकिन्छ ।
उनीहरुले अफिसमा कुरा गर्दा अरुहरुले सुन्ने गरी कोड भाषा प्रयोग गर्छन् । तर, सर्वसाधारणले बुझ्दैनन् । बुझ्ने चासो पनि दिँदैनन् ।
पाकेटमार समूहहरुबीच कुरा हुँदा यस्ता शब्दहरु प्रयोग हुन्छन् । सुन्नुभयो भने होशियार हुनुहोस् । पाकेटमारहरु तपाईकै वरपर हुन्छन् ।
लुटेराको भाषा नबुझेपनि लुटिनबाट जोगिन सकिन्छ ।
पाकेटमार तथा लुटेराहरुको ‘कोड भाषा र अर्थ’ यस्तो छ ।
मकै – पैसा भएको पर्स (वालेट)
टोक्नु – झिक्नु वा निकाल्नु
टिनुवा – पाकेटमार
खडी – लुटपाट गर्नु
घोप्टे – खुकुरी
चिसो – छुरी वा चक्कु
धु्रवदाई – पैसावाला मानिस
कान – मोबाइल
दस्ती तोड – पर्सबाट पैसा निकाल
दह – रुपैयाँ झिक वा निकाल
थान – एकहजारको नोट
गज – सयको नोट
सेतो आधा – पाँचसयको नोट
टिप्ली मास्टर– पाकेटमारको मुख्य नाइके
ढेक – पाकेटमार्दा छेकछाक गर्ने वा ठेलमठेल गर्ने
मामा –पुलिस
ठुले – सादा पोशाकको प्रहरी
लाटा – युनिफर्म लगाएको प्रहरी
मानबेचे – प्रहरी भ्यान
डे – केरकारको प्रहरी (सिआइडी)
टिप्स – मुद्रा (आफ्नो खल्तीको पैसा खसाली टिप्न भनी अरुको खल्तीबाट पैसा निकाल्ने)
निलचरी – आर्मी र सशस्त्र प्रहरी
बिरालो – सेतो भ्यान
पैसा – द
मोबाईल – कान
पकेटमारीपीडित – रामे
मुख्य पाकेटमार – काशी
पैसा धेरै – टानको दर
पैसा थोरै छ – जुटको दर
गाडी – काँचा
केटा – छापा
केटी – भद्री
पुलिस आयो – ठुल्दाई आयो
ड्राईभर – माम
खलासी – मले
गाडीबाट झरेर भाग ९टप्की
गाडीभित्र अगाडि सर – अकल जा
गाडीभित्र पछाडी सर – चिछल जा
पाकेटमारबाट सुरक्षित रहने उपायहरु
– बढी पैसा लिएर हिँड्नु पर्ने अवस्था आएमा साथीसँग हिँड्नुहोस् । सकेसम्म सार्वजनिक सवारी प्रयोग नगर्नुहोस् ।
– भीडभाड हुने क्षेत्रमा जाँदा वा किनमेल गर्दा आफ्नो पर्स ९व्याग० पाकेट आदिको विशेष ख्याल राख्नुहोस् ।
– सार्वजनिक गाडीहरुमा चढ्दा बढी पैसा बोक्नु पर्ने भएमा पैसा भए जस्तो भान नगराउनुहोस् ।
– बढी भीडभाड भएको गाडीभित्र शंकास्पद व्यक्तिहरु तथा गाडीमा बढी हलचल गर्ने, कोड भाषा प्रयोग गर्ने समूहसँग सुरक्षित हुनुहोस् र उनीहरुलाई आफूले नै बढी निगरानीमा राख्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया