काठमाडौं । दशैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । बिभिन्न कम्पनीहरुले बजारमा दशैँको अवसरमा विविध किसिमका अफरहरु ल्याएका छन् । यसैक्रममा चुच्चेपाटीस्थित केएल टावरमा रहेको के एल मोबाईल हबमा नयाँ लगानीकर्ता आएसँगै के एल मोबाईल डिजी डिजिटलको रुपमा सेवा सुरु गरेको छ ।
केएल मोबाइल डिजी डिजिटलले नयाँ व्यवस्थापन भित्रिएको उपलक्ष्यका साथै चाडपर्वलाई लक्षित गर्दै ‘वाइ वान गेट वान’ फ्री अफर सुरु गरेको जनाएको छ ।
साथै मोबाईल डिजि डिजिटलले नेपालीहरुको महान पर्व दसैँ तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी दसैंको बहार हरेक दिन उपहार नामक दशैं धमाका योजना पनि सुरु गरेको छ ।
यहि असोज १ गते देखि सुरु भएको दशैँ धमाका योजना अन्तर्गत केएल टावरमा सपिङ गर्ने तथा के एल मोबाईल डिजिटलमा मोबाइल खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु जित्न सक्ने पनि जनाएको छ ।
के एल मोबाईल डिजि डिजिटलमा इलेक्ट्रोनिक सामान जस्तै टिभी, फ्रिज, एसी, मोवाइल, होम अप्लायन्सहरुमा ५० प्रतशितसम्म छुट पाउनेछन् । साथै बाई वान गेट वान फ्रि र शुन्य प्रतिशत व्याजदरमा किस्तावन्दीमा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु उपलब्ध गराइने मोबाइल डिजी डिजिटलका प्रवन्ध निर्देशक वालकुमार धिमालले जानकारी दिनुभयो ।
अफर कात्तिक २५ गतेसम्म सञ्चालन हुने यो अफरमा बम्पर उपहारमा एक जनालाई यामाहाको एफजेड एसएफआई भी थ्री मोटरसाइकल बितरण गरिने आयोजकले जनाएको छ । साथै दोस्रो उपहार स्वरुप यामाहाकै रे जेड आर स्कुटर वितरण गरिनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया