रोशनी शाही निवेदन बोकेर त गइन्, तर यतिसम्म भनेकी थिइन् महरालाई !

काठमाडौं– संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि महराले कुनै दुर्व्यवहार नगरेको दाबी गर्दै प्रहरीमा निवेदन दिएकी छिन् । तर उनले आफ्नै बोलीलाई खण्डन गरेको विषयमा धेरैले टिकाटिप्पणी गरेका छन् । कतिले त दवावमा उनले आफ्नो बोली फेरेको टिप्पणी गरेका छन् ।
हाम्रा कुरा डटकमले सोमबार महरा मुछिएको प्रकरणमा भिडियोसहित समाचार ब्रेकिङ गरेकोमा त्यसको भोलिपल्ट महिलाले समाचारमा सत्यता नरहेको दाबी गर्दै खण्डन गरेकी थिइन् । जवकी भिडियोमा महिलाले महराले आफूलाई कुटपिट गर्दै जबरजस्ती गरेको प्रष्ट बोलेकी छिन् ।
महिलाले एकाएक आफ्नो बोली फेर्दै नागरिक खबरलाई अन्तरवार्ता दिएसँगै हाम्रा कुराले थप भिडियो बाहिर ल्यायो ।
हाम्रा कुराले राजीनामा दिएका सभासद कृष्णबहादुर महरा र पीडित भनिएकी महिलाको भाइबर म्यासेजको केही सन्देश सार्वजनिक गरेको हो ।
७ मिनेट लामो भिडियो कुराकानीमा महरा र रोशनीबीच भएको सम्वादको कुरालाई उल्लेख गरिएको छ ।

भाइबर म्यासेजको कुराकानीमा महराले महिलासँग माफीसमेत मागेका छन् । उनले म्यासेजमा लेखेका छन्, फर्गेट एस्टर्डे (आइतबारको कुरा छाडिदेउ)। आइतबार साँझ घटना भएपछि सोमबार बिहान ८ बजेर ८ मिनेटमा महराले महिलालाई म्यासेज गर्दै फर्गेट एस्टर्डे भनेका छन् ।

त्यसको जवाफमा भने महिलाले भने ८ बजेर ३८ मिनेटमा जवाफ फर्काउँदै अनादरयुक्त जवाफ फर्काएकी छिन् ।

उनले लेखेकी छिन्, सबैतिर तेरो र्युमर फैलाउँछु, अब सिजेलाई पनि सबै भने, तेरो उपसभामुखलाई पनि भनेँ मेसेज गरेर । हिजो पुलिसलाई बयान दिएँ के के भको भनेर । तैंले पिटेका ठाउँ ठाउँका निलडाम मेरो औंला भाँचिने गरी बटारेको सुन्निएको सबै मोबाइलमा रेकर्ड गरेर लगेको छ । पम्फालाई म्यासेज गरें । गर्न सक्ने सबै गर्छु, तँलाई बचाएर के काम अब रु’ त्यसको लगत्तै उनले ‘तँ न माफीको लायक भइस्, न मायाको लायक ।’ भन्दै अर्को मेसेज पनि गरेकी छिन् । महरा–शाही प्रकरणमा नयाँ नयाँ ट्वीस्ट आउँदै गर्दा महराको भने सभामुख पद गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?