काठमाडौं । ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दै छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिम सिंगापुरबाटै अपरान्ह ओमान जाने भएका छन् । नेपाली टिम सिंगापुरको समय अनुसार दिउँसो ३:१० बजे ओमान प्रस्थान गर्ने छन् । नेपाली टिम सिंगापुरमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेलेर ओमान जान लागेका हुन् ।
ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
सिरिज यहिँ असोज १८ देखि २३ सम्म हुनेछ ।
नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया