हसिनाको भारत भ्रमणको अघिल्लो दिन इमरानको फोन, यस्तो भयो कुराकानी

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान  र बंगलादेशकी प्रधानमन्त्री शेख हसीनाबीच टेलिफोन वार्ता भएको छ । हसीनाले अााजबाट भारत भ्रमण गर्दै हुनुहुन्छ । त्यसै सन्दर्भमा बुधबार पाकिस्तानी प्रधानमन्त्री खानले उहाँलाई फोन गरेर विभिन्न मुद्दाहरुका बारेमा कुराकानी गर्नुभएको हो ।

हसिनाको भारत भ्रमणको अघिल्लो दिन पाकिस्तानी प्रधानमन्त्री खानसँगको हसीनाको छेलिफोन कुराकानीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुबै मुलुकबीचको सम्बन्धलाई नजिकबाट नियाल्ने जानकारहरुका अनुसार  पाकिस्तानी प्रधानमन्त्री बनेपछि खानसँग पहिलो पटक बंगलादेशकी प्रधानमन्त्री हसीनाले कुराकानी गर्नुभएको हो ।

केही समय अघि  साउदी अरबमा सम्पन्न इस्लामिक अर्गनाइजेशनको बैठकमा दुबै राष्ट्राध्यक्षबीच  भेटघाट भएको थियो । तर, उहाँहरुबीच औपचारिक रुपमा कुनै कुराकानी भने भएको थिएन । पाकिस्तान र बंगलदेशबीच सम्बन्ध तनावपूर्ण छ । दुबै देशका बीच विदेश सचिवस्तरको छलफल विगत चार वर्षदेखि हुन सकेको छैन् । एक सालदेखि  बंगलादेशमा पाकिस्तानका राजदूत पनि छैनन् ।

हसीना बिहीबार चार दिने भ्रमणको लागी  भारत आउँदै हुनुहुन्छ  । साथै उक्त भ्रमणको दौरानमा उहाँले इण्डिया इकनोमिक समिटमा सहभागिता जनाउने र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि  स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?