काठमाडौं, २५ पुस । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका त्रिवि शिक्षण अस्पताल महाराज गञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीलाई अदालतमा उपस्थित गराइएको छ सर्वोच्चको आदेश अनुसार सोमबार साँझ नै पक्राउ परेका डा.केसीलाई मंगलबार बिहान सर्वोच्चमा उपस्थित गराइएको हो सोमबार सर्वोच्चले डा.केसीले अदालतको अवहेलना गरेको भन्दै पक्राउ गरेर अदालतमा उपस्थित गराउन आदेश दिएको थियो अदालतको आदेशलगत्तै डा.केसीलाई अनसनस्थलबाटै सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो उनले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा दायर भएको रिटमा सर्वोच्चले सोमबार नै पक्राउ आदेश दिएको हो डा.केसीलाई पक्राउ गरेको विरोधमा उनका समर्थकहरुले मंगलबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् सो प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसमेत सहभागी थिए । मंगलबार बिहानै डा.भट्टराईले डा.केसीसँग भेटवार्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया