दशैँ : काठमाडौंबाट कति बाहिरिए ?

काठमाडौं । दशैँ नेपालीहरुको घर आँगनमा आइसकेको छ । त्यससँगै दशैँ मनाउनको लागी राजधानी शहर काठमाडाैं बाहिर जानेको क्रमपनि त्यतिकै बढेको छ । असोज ५ गतेबाट यातायात व्यबस्था बिभागले अग्रिम टिकट बुकिङ्गको लागी खुला गरेसँगै राजधानी छाड्ने क्रम पनि बढेको छ ।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार अहिलेसम्म १५ लाखभन्दा बढीले काठमाडौँ छाडिसकेका छन् । भोलिदेखि यो क्रम अझै बढ्नेछ । र, बिस्तारै काठमाडौँ सुनसान बन्नेछ ।

साथै दशैं मनाउन आ-आफ्ना घर जाने कर्मचारीलाई सरकारले टीकाकै भोलि पल्ट फर्कन निर्देशन समेत  दिएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीको लागि सरकारले कर्मचारीलाई छिटो फर्कन निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?