मीना घोरसाइनेकाभ्रे, २५ पुस । साहित्यका क्षेत्रमा झमक घिमिरेको नाम निकै चर्चामा छ, शारीरिक रुपमा अशक्त भएर पनि साहित्यमा कलम चलाउने साहित्यकारका रुपमा झमकले खुट्टाको औँलाको सहायतामा आफ्ना रचना लेख्ने गरेकी छन् । तर कुनै पनि यस्तो साहित्यकार नहोला जसले हात, खुट्टा केही नचल्दा पनि देब्रे हातको पौँजा (हत्केला) को पछाडीको भागको सहायताले ट्याबलेट् (मोबाइल) थिचेर आफ्ना रचना लेख्ने त्यसरी आफ्नो साहित्य लेख्ने पहिलो साहित्यकारका रुपमा चिनिन्छिन्, समिता श्रेष्ठ ‘पूरा’ । उनको जन्म काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन बनेपा नगरपालिका–४, शेरामा २०४७ साल पुस २४ गते भएको थियो ‘कुरा विसं २०६३ पुस २ गतेको हो । बहिनी कक्षा ९ मा पढ्दै थिइन्, उनी परीक्षा दिएर घर आएकी थिइन्, उनी भाउजुसँग घर नजिकैको पसलमा जाँदै गर्दा अचानक बाटोमै ढलिन्,’ पूराकी फुपू निर्मला श्रेष्ठले भनिन्, ‘ढल्ने बित्तिकै उनले दुवै हातको मुठ्ठी बाँधिन् र काम्न थालिन् ।’उनी ढल्ने बित्तिकै अस्पतालमा पु¥याएको तर चार महिना अस्पतालमा राख्दा पनि उनको अवस्था भने सामान्य नभएको उनले बताइन् पहिले ह्विलचियरमा बस्न सक्ने र बोल्न पनि सक्ने पूरा अहिले भने बोल्न पनि सक्दिनन् भने ओछ्यानमा मात्रै सीमित छन् । उनलाई परिवारले समय बिताउन ट्याबलेट् दिएको छ । त्यसमार्फत उनले समाचार हेरेर विश्वका बारेमा जानकारी लिन्छिन् भने फेसबुकसमेत चलाउछिन् ट्याब्लेट्को सहायताबाट ‘पूरा’ ले समसामयिक विषयमा विभिन्न कविता र कृतिसमेत लेखेकी छन् उनको पहिलेदेखिको नै सपना थियो, आफ्नो कृति प्रकाशन गर्ने । समाजसेवी तथा शिक्षासेवीसमेत रहेकी उनकी फूपू निर्मलालाई कृति प्रकाशन गरिदिन पूराले आग्रह गर्दै आएकी थिइन् केही समय भन्दाभन्दै आलटाल गरिरहँदा जति उपचार गरेपनि समिताको अवस्था गम्भीर हुँदै गएपछि शब्दयात्रा प्रकाशनलाई आग्रह गरेको र उनको कृति रचना गर्ने सपना पूरा भएको निर्मलाले बताइन् पूरा शौचालय जान, खाना खान र आफैं सुत्न, उठ्नसमेत सक्दिनन् । उनको सेवाका लागि उनकी आमा सावित्री खटिन्छिन् । आफ्नो अवस्थाकै कारण पढाइसमेत पूरा गर्न नसकेकी र बाहिरी दुनियाँबाट समेत अलग्गिएकी पुराको आत्मविश्वास भने बलियो छ । ‘पूरा’ उनी आफैंले राखेको साहित्यिक उपनाम हो समिता श्रेष्ठ ‘पूरा’ को लघु उपन्यास ‘नयाँ सोच’ को विमोचनका लागि शब्दयात्रा प्रकाशनले सोमबार बनेपा–४ मा लेखिकाको जन्मोत्सवका अवसरमा पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरेको थियो विमोचन कार्यक्रममा बोल्दै प्रकाशनका अध्यक्ष हरि मन्जुश्रीले मानिस शारीरिक रुपमा अशक्त भएपनि मानसिकरुपमा उसको इच्छाशक्ति प्रबल भए जस्तोसुकै काम पनि गर्न सक्ने बताए उनले भने, ‘परिवारको साथ भएन भने बलियो मान्छे पनि अशक्तजस्तै हुन्छ ।’ प्रत्येक काम पूरा गर्न परिवारको साथ र सहयोग अपरिहार्य रहेको उनले बताए । पूराले लेखेका अन्य कृति पनि प्रकाशन गर्न शब्दयात्रा प्रकाशन तयार रहेको उनले बताए पूराले लेखेको उपन्यास ४२ पेजको छ, जसलाई उनले २६ वटा भागमा विभाजन गरेकी छन् । उपन्यासमा उनले विदेशिएका युवालाई आफ्नै देशमा बसेर देशको विकास गर्न सुझाव दिएकी छन् भने नेपाल कृषि प्रधान देश भएकाले कृषिमा आधुनिकीकरण ल्याउनसमेत आग्रह गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया