सभामुखको विषयलाई लिएर तात्यो राजनीतिक वृत्त, सम्भवत: दशैँमै निर्णय हुने

काठमाडौँ । कृष्णबहादुर महराको राजीनामासँगै सभामुख पदको जिम्मेवारी कसले पाउने भन्नेबारे यतिबेला खैलाबैला मच्चिएको छ । यहि विषयलाई लिएर राजनीतिक वृत्त तातेको छ ।

संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले राजिनामा दिएका हुन् । महराले सभामुखबाट राजीनामा दिइसकेको अवस्थामा उपसभामुख नेकपाकै शिवमाया तुम्बाहाम्फे हुनुहुन्छ ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधानअनुसार सभामुख र उपसभामुख एकै पार्टीको हुन नहुने भन्दै आएपनि निर्वाचनताका फरकफरक दलबाट निर्वाचित भएर पछिमात्रै पार्टी एकीकरण भएपछि एकै पार्टी नेकपाले नै सभामुख र उपसभामुख पाएको थियो ।

उपसभामुख आफ्नै पार्टीको भएपनि नेकपा सभामुख अरु पार्टीलाई दिने पक्षमा देखिएको छैन । यस्तो अवस्थामा नेकपाले उपसभामुखलाई समेत राजीनामा दिन लगाउने र दुवैमा निर्वाचन गरेर सभामुख आफूले र उपसभामुख अन्य पार्टीलाई दिने योजना नेकपा जुटेको छ ।

शीर्ष नेतृत्वबीच छलफल हुँदा सभामुखमा पूर्व संविधानसभाका अध्यक्ष र सभामुखको समेत ऐतिहासिक जिम्मेवारी पूरा गरेका सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव गरेको बुझिएको छ । तर शीर्ष नेताहरुको उक्त प्रस्तावलाई नेम्वाङले भने अस्वीकार गरेका गर्नुभएको छ ।

तर यसवारे नेकपाले पार्टीगत बैठक राखेर औपचारिक निर्णय भने गरिसकेको छैन । सम्भवत दसैंको समयमा यसबारेमा निर्णय गरिने सम्भावना रहेको नेकपाका एक सचिवालय सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?