पुराना भारतिय नोट सटही गरिदिन अर्थमन्त्रीको आग्रह

काठमाडौं । भारत सरकारले एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएसँगै नेपालमा भारतिय नोट सटहीमा समस्या देखिएको छ । त्यसको समस्या समाधानको लागी अर्थमन्त्री डा. युवराज खतिवडाले भारत सरकारसँग आग्रह गर्नुभएको छ । विश्व आर्थिक मञ्चको भारतमा आयोजित एक कार्यक्रममा सहभागी अर्थमन्त्री खतिवडाले भारत सरकारका वित्त मन्त्री निर्मला सितारमणसमक्ष ठूला दुई नोट प्रचलनमा बन्देज लगाउनु अघि नेपालमा सङ्कलित भारुको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्नुभएको हो ।

भारत सरकारले भारु बन्दे लगाएपछि नेपाल राष्ट्र बैंकमा भएको मौज्दात रकम सटहीमा समस्या देखिएको छ । अर्थमन्त्री खतिवडाले त्यस सम्बन्धमा एक विज्ञप्ती जारी गर्दै भन्नुभयो, ‘भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न अनुरोध गर्दछुु ‘।

साथै भारत सरकारका वित्त मन्त्री सितारमणले विगतको भारु नोट प्रचलनमा भएको बन्देज र ठुला नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुबै देशको सहमतिमा समाधान गरिनेपनि उहाँले बताउनुभयो । नेपाल भारत बीचको सम्बन्ध सदियौदेखि भएको उल्लेख गर्दै आगामी दिनमा सहायतालाई बढाउने जानकारी समेत उहाँले गराउनुभयो ।

बिभिन्न कामकाजको शिलशिलामा भारतबाट नेपालतिर जाने मानिसहरुले लैजाने गरेका ठूला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्विविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरिदिन समेत अर्थमन्त्री खतिवडाले अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?