नुवाकोटमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं । नुवाकोटमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

बेलकोटगढी नगरपालिका-८ ठुलो खोलास्थित सडकमा बा.२ ख ५९३६ नम्बरको ट्रकले बा.६३ प ४३४ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रसुवा पार्बती कुण्ड गाउँपालिका-१ बस्ने २८ वर्षीय गम्बो छिरिङको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै उक्त मोटरसाइकलले ग.७ प ८१३८ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा घाइते भएका सो मोटरसाइकलमा सवार २ जना र बा.६३ प ४३४ नम्बरको मोटरसाइकलका चालक समेत ३ जनाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?